राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले भिजिट भिसा प्रकरणमा आफूहरुको आन्दोलन जारी रहेको बताएका छन् । त्यस्तै कर्मचारीको कुलिङ अफ पिरियडबारे संसदीय अभ्यासमा कलंकित कथा बुनिएको उनको भनाई छ । उनले उनले उक्त विषयमा सांसदहरु नराम्ररी ठगिएको पनि बताए ।
‘त्यस सम्बन्धी विशेष छानबिन समिति बन्दै छ भन्ने कुरा थाहा पायौँ । संसदीय अभ्यासमा त्यसमा हाम्रो सहमति र सहभागिता पनि रहनेछ ।’ गठबन्धनमा सहभागी दललाई दुई ओटा कुरा सम्झाउन चाहन्छु भन्दै उनले भने, ‘जुन दलसँग सम्बन्धित नेतामा औँला उठेको थियो, त्यही दलले त्यसको नेतृत्व नगर्ने भन्ने कुरा एक वर्ष अघि चलेको थियो यो सदनमा । तर आज त्यो अभ्यास बिर्सदै हुनुहुन्छ । जुन व्यक्तिमाथि औँला उठेको छ, त्यो व्यक्तिको नाम जोडेर नै समितिको नाम बन्नुपर्छ भनेर हप्तौँसम्म तपाईँहरुले बिभिन्न किसिमको प्रपञ्च गर्नुभएको थियो । आज त्यो पनि बिर्सनुभएछ ।’