प्रधानमन्त्री केपी शर्मा ओलीले देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना रहेकाले अत्यावश्यकबाहेक लामो यात्रा नगर्न आग्रह गरेका छन् । साथै, उनले नागरिकहरूलाई सुरक्षित स्थानमा बस्न र मौसमजन्य विपद्बाट सचेत रहन अनुरोध गरेका छन् ।
जल तथा मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानहरूमा भारी वर्षा हुने पूर्वानुमान सार्वजनिक गरेको छ । उक्त सूचनालाई उद्धृत गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत नागरिकहरूलाई सतर्क रहन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले लेखेका छन्, "शुभ बिहानी ! मौसम विज्ञान विभागले आज दिउँसो देशका विभिन्न स्थानमा भारी वर्षा हुने अनुमान गरेको छ । मौसमजन्य विपद्बाट बच्न सुरक्षा निकायले आवश्यक सतर्कताका लागि जारी गरेको सूचनालाई पालना गरौँ । अत्यावश्यकबाहेक लामो यात्रा नगर्न र सुरक्षित स्थानमा रहन अनुरोध गर्दछु । सुरक्षाकर्मीलाई आवश्यक सुरक्षाको तयारी अवस्थामा रहन निर्देशन गर्दछु ।"
प्रधानमन्त्रीको आग्रहसँगै सरकारले सम्भावित विपद् व्यवस्थापनका लागि सुरक्षाकर्मीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।