उपनिर्वाचनको छेको पारेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज भैरहवामा बस्ने भएको छ ।
रास्वपा प्रवक्ता मनिष झाका अनुसार बैठक आज अपराह्न १ बजेदेखि ४ बजेसम्म भैरहवाको रामदा होटलमा बस्नेछ । बैठकका लागि पार्टीका सबै सांसदहरू भैरहवा आइपुगेका छन्।रास्वपा सभापति रवि लामिछाने हाल भैरहवा कारागारमा रहेका छन्। पार्टीका सांसद तथा नेताहरू उनलाई भेट्न कारागार गएका छन् ।
रास्वपाका एक सांसदका अनुसार उपनिर्वाचनलाई लिएर सभापति लामिछानेसँग छलफल गरी साझा धारणा निर्माण गर्न बैठक बोलाइएको हो ।