काठमाडौं | काठमाडौंको न्ह्योखास्थित एक घरमा भारतीय नागरिकको हत्या भएको छ ।
बुधबार बिहान करिब २:४५ बजे काठमाडौं–२५ न्ह्योखामा ५४ वर्षीय सुव्रता पालको हत्या गरिएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजीकुमार आचार्यका अनुसार मृतक भारतको पश्चिम बंगाल राज्यका बासिन्दा हुन् । प्रहरीका अनुसार पालको टाउकोमा हम्मरले हिर्काएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।
यस घटनामा संलग्न रहेको आरोपमा प्रहरीले नुवाकोट ककनी घर भई काठमाडौं गल्कुपाखा बस्ने ४२ वर्षीय श्याम कालिकोटेलाई पक्राउ गरेको छ । उनलाई नयाँ बसपार्कस्थित एक होटलको कोठा नम्बर १०४ बाट पक्राउ गरिएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ ।