काठमाडौँ | राष्ट्रिय थारु आयोगकी सदस्य शान्ति मोदीले आयोगका कार्यवाहक अध्यक्ष सुबोधसिंह थारुको कार्यकक्षमा तालाबन्दी गरेकी छन् । सिंह कार्यकक्षमा उपस्थित हुँदा मोदीले यस्तो कदम चालिएको बताइएको छ ।
आयोगमा मोदीको बिदा लिनुलाई लिएर विवाद देखा परेको छ। कार्यवाहक अध्यक्ष थारुले मोदी एक महिनादेखि सम्पर्कविहीन रहेको उल्लेख गरेका थिए । मोदीले गत असार १३ गते आफ्नो चालकमार्फत एक साता बिदामा हुने जानकारी आयोगलाई दिएकी थिइन्, तर त्यसयता एक महिना बढी बितिसक्दा पनि उनी सम्पर्कमा नआएकाले आयोगको काम प्रभावित भएको जनाइएको छ ।
थारुका अनुसार मोदीले बिदा लिएर अमेरिका जानु भएकी छन्। मोदीका श्रीमान् अमेरिका बस्दै आउनुहुन्छ, त्यसैले उनी समय–समयमा त्यहाँ जानुहुन्छ । यस अवस्थाले आयोगको गतिविधिमा समेत असर परेको छ ।