रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत सन् २०२५ का लागि कोरियन भाषा परीक्षाकाे आवेदन खुला गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको ईपीएस कोरिया शाखाले दिएको जानकारीअनुसार यस वर्ष ५ हजार ३०० कोटाका लागि आवेदन फारम खुलाइएको हो।कोरियामा रोजगारीका लागि इच्छुक नेपाली नागरिकले अनिवार्य रूपमा कोरियन भाषा परीक्षा (EPS-TOPIK) उत्तीर्ण गर्नुपर्नेछ । परीक्षा पास गरेपछि मात्र उनीहरू ईपीएस प्रणालीमार्फत कोरिया जान योग्य मानिनेछन् ।
ईपीएस शाखाले भाषा परीक्षा र आवेदन सम्बन्धी विस्तृत जानकारी आफ्नो आधिकारिक वेबसाइट र सूचना मार्फत सार्वजनिक गरेको छ । आवेदन दिनेहरूलाई तोकिएको समयसीमाभित्र फारम बुझाउन आग्रह गरिएको छ ।