वीरगंजको आदर्शनगर स्थित स्काईलाइन मल, पुजन होटल, नबिल बैंक, एनआईसी एसिया बैंक, होटल कन्ट्री इन लगायत हाल रहेको जग्गा तत्कालीन श्री ५ को सरकारले अधिग्रहण नगरेको वीरगंज महानगरपालिकाका नक्सा फाँटका प्रमुख गौरब झाले बताएका छन् ।
जग्गाधनी निखत प्रविण अंसारीको साबिक १३ र हाल किता नम्बर १०५ र रुकमणि देवि केडियाको किता नम्बर १४ र १५ को जग्गा तत्कालिन श्री ५ को सरकारले अधिग्रहण नगरेको उनले बताए ।
आदर्शनगर विकास समितिबाट खरिद गरेको भनिएको जग्गाको निर्णय माग्दाँ कुराकानीको क्रममा उनले हाल रहेको स्काईलाइन मल, पुजन होटल, नबिल बैंक, एनआईसी एसिया बैंक, होटल कन्ट्री इन लगायत नक्सामा मात्रै परेको बताए ।
२०२९ आश्विन २ गते राजपत्रमा प्रकाशित तत्कालीन श्री ५ को सरकारले तत्कालीन श्रीपुर गाउँ पञ्चायत अन्तर्गत वडा नं. ९ को पूर्व नाली, पश्चिम आदर्शनगरको सिमाना नथुनी कानुको नम्बरी जग्गा, उत्तर घडिअर्वा पोखरी र अलौँ सिर्सिया जाने गोरेटो बाटो, दक्षिण आदर्शनगरको नाली सिमाना यति चार किल्ला भित्रको किता नम्बर ९, ४०, ६२, ६५, ६६, ६७, ६८, ७०, ७१, ७५, ७६, ७७, ७८, ७९, १२०, १२३, १२४, १३६, १३७, १३८, १२१, २४३, २४४, २४८, २४९, २६८, २८१, २८६, २९८ को मालपोत रु. २७५.५ पैसा लाग्ने जम्मा जग्गा ५ विग्हा ८ कठा पौने १५ धुर १२ कन्वा जग्गा अधिग्रहण गरेको देखिन्छ । जबकी निखत प्रविण अंसारीको साबि श्रीपुर गाउँ पञ्चायत वडा नम्बर ९ (बी) को साबिक १३ र हालको १०५ किता हो । र रुकमणि देवि केडियाको समेत १४ र १५ किता हो यो तिनवटै किता नेपाल सरकारले अधिग्रहणका लागि जारी गरेको राजपत्रमा अधिग्रहणमा परेको छैन् ।
राजपत्रमा खुलाएर राखेको विस्तृत विवरण ।
सोहि विषयलाई स्विकार्दै वीरगंज महानगरपालिकाका नक्सा फाँटका प्रमुख गौरब झाले प्रस्ट पारे । तर तत्कालीन श्री ५ को सरकारले अधिग्रहण गरेको राजपत्रमा नभएपछि अधिग्रहणमा परेको भन्ने जवाफ कसरी गयो भन्ने प्रश्नमा उनले वीरगंज महानगरका मेयर राजेशमान सिंहको आदेश अनुसार महानगरमा आएका विभिन्न व्यापारीको आदेशमा नक्सामा देखिएकाले आदर्श नगर विकास समितिमा उक्त जग्गा परेको पत्र लेखेको बताए ।
उक्त पत्रमा अधिग्रहण कहिले भएको कुन पत्रको आधारमा र कुन स्तरको निर्णयले गरेको भन्ने पत्र नभएको उनले बताए ।
‘प्रमाणको अभाव छ । नक्सामा देखिन्छ तर अधिग्रहण भयो कि भएन, कति पैसा दियो लियो त्यो केही कतै छैन् ।
नक्सा फाँट प्रमुख झाले मेयर साबले जे हेर्नुहुन्छ त्यो हेरे पठाउन भन्नुहुन्छ । सम्बन्धीत व्यक्तिहरुले हाम्रो जग्गा नक्सामा परेको भनेकाले नापीबाट सोध्दा नक्सामा देखिएको भनेकाले सोही पत्र पठाएको बताए । झासँग नक्सामा परेको तर अधिग्रहणमा किता नम्बर नपरेको किन उल्लेख नभएको प्रश्नमा उनि जवाफ दिन सकेनन् । नक्सामा परेको मात्रै जिकिर गरिरहे ।
नक्सा कुन मितिमा जारी भएको त्यो समेत उनले बताउन चाहेनन् । सुचनाको हक अन्तर्गत मागे दिने भनेर पन्छीए ।
स्काईलाइन मल जग्गा प्रकरण सम्बन्धी फलोअप समाचारहरु :
भिडियाे सामाग्री