बर्दीवास–१० लक्ष्मीनियाँ जंगलबाट अवैध रूपमा दुम्सी सिकार गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सर्लाही ईश्वरपुर–३ भक्तिपुर नट टोलका अरुण मिस्त्री, रामस्वरुप मिस्त्री, उमेश मिस्त्री र ध्रुव मिस्त्री रहेका छन् । डिभिजन वन कार्यालयका कर्मचारीहरूले उनीहरूलाई बुधबार राति सर्लाहीतर्फ जाँदै गर्दा छापा मारेर पक्राउ गरेको हो । उनीहरूको साथबाट घरेलु हतियार र ६ थान मरेको दुम्सी बरामद गरिएको छ। बरामद भएको दुम्सी दुई वटा प्लाष्टिकका बोरामा राखिएको थियो ।
पक्राउ परेकाहरूले दुम्सी धनुषा महेन्द्रनगरको पूर्वी क्षेत्रमा पर्ने हरीपुरको खेतमा मारेर ल्याएको बताए। घटनामा प्रयोग भएको बा ८८ प ११६० र बा ५६ प २२४० नम्बरको दुई मोटरसाइकललाई पनि नियन्त्रणमा लिइएको छ ।
सव डिभिजन वन कार्यालय माइस्थानका प्रमुख कृष्णकुमार पटेलका अनुसार, दुम्सी आरक्षित वन्यजन्तु नभए पनि प्रक्रिया पूरा नगरी सिकार गरिएको हुनाले वन ऐन अनुसार मुद्दा चलाउने तयारी भइरहेको छ ।
पक्राउ परेकाहरूलाई बर्दीवास–४ माइस्थानस्थित सशस्त्र वन सुरक्षा शाखामा हिरासतमा राखिएको छ ।