सरकारले चालू आर्थिक वर्ष २०७५/७६ का लागि वर्षे धानको न्यूनतम समर्थन मूल्य (एमएसपी) तोकेको छ ।
मन्त्रिपरिषद्को बैठकले मोटा धानको मूल्य ३,४६३ रुपैयाँ र मध्यम धानको मूल्य ३,६२८ रुपैयाँ प्रतिक्विन्टल तोकेको हो। यो मूल्य गत वर्षको तुलनामा बढाइएको हो । गत वर्ष सरकारले मोटा धानको मूल्य ३,४१० रुपैयाँ र मध्यम धानको मूल्य ३,५८० रुपैयाँ तोकेको थियो । यसअघि फागुन २९ गते सरकारले चालु आर्थिक वर्षका लागि चैते धानको न्यूनतम समर्थन मूल्य पनि तोकेको थियो ।
चैते धानमा १८ प्रतिशतसम्म चिस्यान भएको खण्डमा न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल २,८०० रुपैयाँ ६९ पैसा तोकिएको छ। १८ प्रतिशतभन्दा बढी चिस्यान भएको धानको हकमा प्रतिक्विन्टल १,२०० ग्रामको दरले घटाइ गरेको तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गरिएको छ ।
सरकारले न्यूनतम समर्थन मूल्य निर्धारणमार्फत कृषकहरूको आर्थिक हित संरक्षण गर्दै बजारमा उचित मूल्य सुनिश्चित गर्ने उद्देश्य राखेको बताएको छ ।
भिडियाे सामाग्री