काठमाडौँ | श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिक स्वस्थ भए मुलुक स्वस्थ हुने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा प्रत्येक प्रदेशमा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य क्षेत्रमा उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरूलाई सम्मान गर्दै मन्त्री भण्डारीले श्रमिकको स्वास्थ्य र सुरक्षालाई सरकारको प्रमुख जिम्मेवारी भएको बताए ।
उनले भने, “हरेक श्रमिकको जिम्मेवारी हाम्रो हो। श्रमिक स्वस्थ भए प्रतिष्ठान स्वस्थ हुन्छ, प्रतिष्ठान स्वस्थ भए मुलुक स्वस्थ हुन्छ। हामी सबैले आफ्नो जिम्मेवारी गम्भीरतापूर्वक निर्वाह गर्नुपर्छ ।”
मन्त्री भण्डारीले सरकारले श्रम ऐन र विभिन्न ट्रेड युनियन ऐन संशोधन गर्ने प्रक्रियामा रहेको जानकारी दिँदै, अन्तर्राष्ट्रिय मान्यताअनुसार श्रमिकको हितमा आवश्यक सुधार गर्नुपर्ने आवश्यकता औँल्याए । उनले उत्कृष्ट अभ्यास गर्ने प्रतिष्ठानहरूलाई अन्यले पनि उदाहरणको रूपमा लिन सक्ने बताए ।
भिडियाे सामाग्री