काठमाडौँ | भारतीय विदेश सचिव विक्रम मिश्रीले आज राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
आजै काठमाडौँ आएका विदेश सचिव मिश्रीले पहिले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरी त्यसपछि राष्ट्रपति पौडेलसँग भेट गर्न शीतल निवास पुगेका हुन् ।
विदेश सचिव मिश्री परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने नेपाल भ्रमणमा आएका हुन्। उनी सोमबार पशुपतिनाथ दर्शन गरी भारत फर्कने कार्यक्रममा छन् ।
उनको भ्रमणको मुख्य उद्देश्य भदौ ३१ मा प्रधानमन्त्री ओलीको तयारीसँग सम्बन्धित छलफल गर्नु हो। आज हुने भेटवार्ताहरूमा भ्रमणका एजेन्डाका विषयमा पनि छलफल हुने बताइएको छ ।
भिडियाे सामाग्री