काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हमासले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको साथमा सरकार रहेको बताएका छन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकारले आवश्यक पहल गरिरहेको जानकारी दिए । हाल विपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी उनलाई खोज्दै इजरायल पुगेका छन् ।
प्रधानमन्त्री ओलीले परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका नेपाली दूतावासमार्फत निरन्तर संवाद गरिरहेको र विपिनको सुरक्षित रिहाइ सुनिश्चित गर्न उच्च प्राथमिकताका साथ कूटनीतिक पहल भइरहेको स्पष्ट पारेका छन् ।

भिडियाे सामाग्री