स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बुधबारको तुलनामा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (बिहीबार) एक तोला सुनको मूल्य एक लाख ९४ हजार ८०० रुपैयाँ निर्धारण गरिएको छ ।
त्यसैगरी, आज एक तोला चाँदी दुई हजार २९० रुपैयाँमा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।
बुधबार एक तोला सुन एक लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य दुई हजार २५५ रुपैयाँमा सीमित थियो ।
अन्तर्राष्ट्रिय बजारमा भने आज प्रति औँस सुन तीन हजार ३३८ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।