काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थी आन सुआनबीच सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज औपचारिक भेटवार्ता भएको छ ।
नेपाल-भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको ऐतिहासिक अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा भियतनामकी उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आइपुग्नुभएको हो ।
उक्त भेटवार्तापछि उपराष्ट्रपति रामसहायप्रसाद यादव र उपराष्ट्रपति भो थी आन सुआनबीच पनि औपचारिक भेट भएको थियो। उपराष्ट्रपति सुआन भ्रमण सम्पन्न गरी भदौ ९ गते स्वदेश फर्कने तालिका छ ।
भिडियाे सामाग्री