विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले दोस्रो अभ्यास टी – २० खेलमा साउथ अस्ट्रेलिया (एसए)बाट १६१ रनको लक्ष्य पाएको छ ।
पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रन जोडेको थियो । त्यसअनुसार नेपालले जित हासिल गर्न १६१ रन बनाउनुपर्ने छ ।