शाङ्घाई सहयोग सङ्गठन (एससिओ)को शिखर सम्मेलनमा सहभागी हुन चीनको थियानजिनमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज नानकाइ जिल्लास्थित चाउ एन र तेङ यिङ्चाओ स्मृति सङ्ग्रहालयको अवलोकन गरेका छन् ।
चाउ एन चीनका पूर्वप्रधानमन्त्री हुन् र उनलाई चिनियाँ क्रान्तिका नेता भनेर पनि चिनिन्छ । प्रधानमन्त्री ओलीसहित अवलोकनमा सहभागीमध्ये प्रथम महिला राधिका शाक्य, पूर्वउपप्रधानमन्त्री एवं प्रतिनिधिसभाका सदस्य पूर्णबहादुर खड्का, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री बद्रीप्रसाद पाण्डे, पूर्वमन्त्री एवं प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सदस्य छविलाल विश्वकर्मा, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, चीनका लागि नेपाली राजदूत डा. कृष्णप्रसाद ओली, र नेपालका लागि चीनका राजदूत रहेका थिए ।
त्यसैसाथ आजै बिहान प्रधानमन्त्री ओलीसहितको टोलीले चीनको धान उत्पादन विशेष क्षेत्रको पनि अवलोकन गरेको थियो ।