काठमाडौँ । बिहीबारदेखि नेपालमा सञ्चालनमा रहेका सामाजिक सञ्जाल बन्द हुने भएका छन् ।
सामाजिक सञ्जाललाई व्यवस्थित र जवाफदेही बनाउन सरकारले अनिवार्य दर्ता प्रक्रियामा ल्याएको थियो । तर तोकिएको समयसीमा सकिँदासम्म पनि कुनै नयाँ सामाजिक सञ्जालले सूचीकरणका लागि निवेदन नदिएपछि सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने तयारी गरिएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयले जनाएको छ ।
मन्त्रालय स्रोतका अनुसार यसअघि दर्ता भइसकेका केही सामाजिक सञ्जालबाहेक अन्य नयाँ प्लेटफर्मले कुनै पनि किसिमको निवेदन पेस गरेका छैनन् । यद्यपि कार्यालय समय सकिए पनि अनलाइनमार्फत मध्यरातिसम्म निवेदन गर्न सकिने प्रावधान रहेको छ ।
त्यसैले मन्त्रालयले अन्तिम समयसम्म पर्खिने र बिहीबार बिहानसम्म पनि निवेदन नआएमा आवश्यक कानूनी प्रक्रिया अघि बढाउने तयारी गरेको छ ।
भिडियाे सामाग्री