काठमाडौँ । सूचीकरणका लागि नआएका सबै सामाजिक सञ्जाल बन्द हुने भएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सूचीकरणको लागि सम्पर्कमा समेत नआएका एपहरुलाई बन्द गर्ने निर्णय गरेको एक उच्च अधिकारीले बताए ।
सर्वोच्च अदालतले विदेशी सामाजिक सञ्जाललाई पनि अनिवार्य दर्ता गर्नु भनी निर्देशनात्मक आदेश गरेपछि भदौ ९ गते मन्त्रीपरिषदबाट भएको निर्णय अनुसार भदौ १२ गते सूचना जारी गर्दै सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई ७ दिन भित्र सुचिकरण हुन निर्देशन दिइएको थियो । नभए बन्द गर्ने भनिएको थियो ।
उक्त समयसिमा हिजो राति १२ बजेबाट सकिएको हो । सूचना तथा सञ्चार मन्त्रालयका अनुसार हालसम्म टिकटक, भाइबर, वीटक, निम्बुज र पोप्पो लाइभ सूचिकरण भएका छन् । त्यस्तै टेलिग्रामसहित अन्य २ एपले दर्ता गर्नको लागि निवेदन दिएका छन् ।
भिडियाे सामाग्री