जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेसी नागरिकलाई देशबाट भगाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
शुक्रबार जनकपुरधाममा सङ्घीय लोकतान्त्रिक मोर्चाले आयोजना गरेको 'वर्तमान राजनीतिक अवस्था: जनजागरण अभियान' कार्यक्रममा अध्यक्ष ठाकुरले यस्तो अभिव्यक्ति दिएका हुन् ।
अध्यक्ष ठाकुरले मधेसी दलहरू एक भएको उल्लेख गर्दै भने, "हामीलाई भगाउने प्रयास भइरहेको छ । त्यसैले हामी एक ठाउँमा उभिएका छौँ । हाम्रो एउटै आवाज छ, हामी अलग-अलग भएर पनि एकसाथ लड्छौँ, एकसाथ मर्छौँ। यसैकारण यहाँ जम्मा भएका छौँ। चाहे आपसमा जतिसुकै मतभेद होस्, एक भएर हामी लड्छौँ । मधेसको मामिलामा हामी एक छौँ र अन्तिमसम्म एक भएर लडिरहन्छौँ ।"
उनले मधेसी अधिकारको रक्षा र राजनीतिक संघर्षमा एकता अपरिहार्य रहेकोमा जोड दिएका छन् ।
भिडियाे सामाग्री