वीरगंज | मिथिला क्षेत्रमा आज हिन्दू मैथिल समुदायले परम्परागत अनन्त पर्व मनाइरहेका छन् । भदौ शुक्ल चतुर्दशी तिथिमा गुरु तथा पुरोहितका हातबाट बनाइएको अनन्त डोरा बाँध्दै हिन्दू मैथिलहरूले पर्व मनाउने परम्परा छ ।
अनन्त पर्वमा भगवान् विष्णुको रुप मानिने अनन्त भगवान्को पूजा आराधना गरी प्रसादस्वरूप ब्राह्मण–पुरोहितले कलात्मक रूपमा बनाएको अनन्त डोरा दाहिने हातको पाखुरामा बाँधिने चलन छ । पुरोहितद्वारा अभिमन्त्रित १४ सुत्रको धागोलाई अनन्त डोरा भनिन्छ। यसले आपतविपतबाट सुरक्षा, आरोग्य र सुख–समृद्धि दिलाउने विश्वास मिथिला समुदायमा रहेको छ ।
अनन्त पर्वको अर्को दिन, भदौ पूर्णिमा, हिन्दू परम्पराका सहकाल (सकाल) देवता इन्द्रको पूजा आराधना गर्ने चलन छ । इन्द्र पूजाले वर्षा सन्तुलित हुने र अनिकाल नपर्ने विश्वास मिथिला समुदायमा रहेको छ । यस अवसरमा बस्ती–बस्तीमा इन्द्रका मूर्ति स्थापना गरी हर्ष र उमङ्गसहित मेला आयोजना गरिन्छ। पूर्णिमाको उत्सवलाई इन्द्रजात्रा पनि भनिन्छ ।
भिडियाे सामाग्री