राजधानीमा जारी जेन–जी पुस्ताको आन्दोलन अशान्त बन्दै गएपछि आयोजकले सहभागीहरूलाई घर फर्किन आह्वान गरेका छन् ।
‘जेन–जी नेपाल’ नामक फेसबुक पेजमार्फत मंगलबार दिइएको सूचनामा आन्दोलनमा विभिन्न स्वार्थप्रेरित समूह प्रवेश गरी भिडलाई उत्तेजित बनाइरहेको भन्दै तत्कालै सुरक्षित तरिकाले स्थल त्याग गर्न आग्रह गरिएको छ । सूचनामा भनिएको छ, “कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थप्रेरित समूहहरूले भिडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस् ।”
यसअघि पनि सो पेजले आन्दोलनसँग सम्बन्धित विभिन्न पोस्टहरू सार्वजनिक गर्दै आएको थियो । मंगलबार दिइएको आह्वानपछि आन्दोलन स्थगित भएको जनाइएको छ ।