काठमाडौं । जेनजी प्रदर्शनका क्रममा घाइते भएका ६ जनाको ट्रमा सेन्टरमा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
केही प्रदर्शनकारीमा गोली लागेको पुष्टि भएको छ भने अहिलेसम्म कुल कति जनालाई गोली लागेको हो भन्ने यकिन भएको छैन ।
घाइतेहरूको उपचार जारी छ र सुरक्षा बलहरूले घटनास्थलमा निगरानी कडा पारेको स्रोतले जनाएको छ ।