काठमाडौं | आजका लागि बोलाइएको प्रतिनिधि सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जेन जेड आन्दोलनका क्रममा नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा क्षति पुगेपछि बैठक स्थगित गरिएको हो ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा सभामुख देवराज घिमिरेले अर्को सूचना जारी नहुँदासम्म बैठक स्थगित रहने जानकारी दिएका छन् ।
