काठमाडौँ | नेपाली सेनाले हिजो भएको Gen-Z आन्दोलनका क्रममा सुरक्षाकर्मीहरूबाट लुटिएका वा फेला परेका हातहतियार, गोलीगट्ठा तथा अन्य सुरक्षा सामग्री तत्काल नजिकको सुरक्षा निकायमा बुझाउन आग्रह गरेको छ ।
जनसम्पर्क तथा सूचना निर्देशनालय, जंगी अड्डाले बुधबार जारी गरेको विज्ञप्तिमा त्यस्ता हातहतियारको दुरुपयोग भएमा जनधनमा ठूलो क्षति हुन सक्ने चेतावनी दिँदै सम्बन्धित व्यक्तिहरूलाई यथाशीघ्र सुरक्षाकर्मीलाई बुझाउन प्रेरित गर्न सबैलाई आह्वान गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, “यस संवेदनशील परिस्थितिमा सुरक्षाकर्मीको पोशाकको अनधिकृत प्रयोग नगर्नुहुन समेत अनुरोध छ ।”
सैनिक सूत्रले थप स्पष्ट पारेका छन् कि हातहतियार वा गोलीगट्ठा नबुझाई कसैसँग फेला परेमा प्रचलित कानुनअनुसार कडाइका साथ कारबाही हुनेछ ।
