काठमाडौँ | जेनजी आन्दोलनको नेतृत्वले ७७ जिल्लाबाट आएका प्रतिनिधिहरू मिलेर संयुक्त दस्तावेज तयार गर्ने घोषणा गरेका छन् ।
जेनजी नेता रक्षा बमले सामाजिक सञ्जालमार्फत लेख्दै भनेका छन्, “हामी ७७ जिल्लाबाट आएका सम्पूर्ण Gen-Z प्रदर्शनकारीका प्रतिनिधि मिलेर एउटै संयुक्त दस्तावेजमा काम गर्नेछौँ । हामी सबै एकै ठाउँमा आएर आफ्नो माग राख्नेछौँ, सबैसँग सम्पर्क गर्नेछौँ र केही दिनभित्र राष्ट्रपतिसहित आर्मी प्रमुखसमक्ष सबैको प्रतिनिधित्व गर्ने मागसहित उपस्थित हुनेछौँ ।”
बमका अनुसार संयुक्त मागसहित उपस्थित हुने सहमति भएपछि उनी छलफलबाट बाहिरिएका हुन् । उनले “राज्यको आगामी बाटो Gen-Z ले तय गर्नुपर्छ भन्ने हाम्रो मुख्य अडान हो” भन्दै आन्दोलनको सिद्धान्त विपरीत छलफल अघि बढेपछि केही साथीहरूसहित आफू बाहिरिएको बताए ।
उनका अनुसार, मंगलबार उनीहरू नेपाली सेनाको मुख्यालयमा अन्य Gen-Z समूहसँग छलफल गर्न पुगेका थिए । तर छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टी र दुर्गा प्रसाईंको प्रशङ्ग उठेपछि आफू र केही साथीसहित बैठक छाडेको उनले बताए ।