वीरगंज | बुद्ध एयरले यात्रुहरूका लागि भोलि बिहीबारदेखि आफ्ना उडानहरू सुचारु हुने जनाएको छ ।
कम्पनीले सामाजिक सञ्जाल फेसबुकमार्फत बिहीबार एकाबिहानैदेखि उडान सुरु हुने जानकारी दिएको हो । टिकट बुकिङ कम्पनीको वेबसाइट, मोबाइल एप, अन्य पोर्टल तथा ट्राभल एजेन्सीमार्फत सजिलै टिकट बुकिङ गर्न सकिने पनि कम्पनीले जनाएको छ ।
यसैबेला, जेनजी आन्दोलनका कारण ठप्प बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पनि सुचारु गर्ने निर्णय विमानस्थल सुरक्षा समितिको आजको बैठकले गरेको छ ।
विमानस्थलको सार्वजनिक सूचनामा यात्रुहरूलाई आग्रह गरिएको छ, “हवाई उडानका लागि विमानस्थलमा आउँदा आफ्नो वायुसेवा कम्पनीसँग उडान समयको जानकारी लिई मात्रै आवागमन गर्नुहोला। साथै आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा ल्याउन पनि अनुरोध छ ।”