काठमाडौं | जेनजी आन्दोलनका क्रममा तीन जना प्रहरीले ज्यान गुमाएका छन् ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार, मृत्यु हुनेमध्ये एक जना असईसहित तीन जना प्रहरी रहेका छन् । यसअघि दुई जनाको मृत्यु भएको रिपोर्ट आएको थियो ।
मृत्यु भएका सबै प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत थिए । प्रहरीले घटनास्थलमा सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने कार्यमा जुटिरहेको जानकारी दिएको छ ।