काठमाडौं | आगामी सरकारको नेतृत्वको विषयमा असन्तुष्टि जनाउँदै विवाद गरेका जेनजी प्रतिनिधिहरूलाई नेपाली सेनाले भोलि बिहान सम्पर्कमा आउन भनेको छ ।
जंगीअड्डा बाहिर नेपाली सेनाका प्रतिनिधिले माइकिङमार्फत जानकारी दिँदै भने, “को को हुनुहुन्छ नेतृत्वकर्ता, कतिजना हुनुहुन्छ, त्यो ग्रुपबाट फोन नम्बर र नामसहित भोलि बिहान सम्पर्क गर्नुहोला । एक–एक जना ग्रुप लिडरको नाम सहित लेखेर हामीलाई दिनुहोला ।”
बुधबार दिउँसो जेनजी प्रतिनिधिले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम नेतृत्वका लागि प्रस्ताव गरेका थिए । तर, जंग्गीअड्डाबाहिर भेला भएका केही युवाहरूले यसविरुद्ध नाराबाजी गरेका थिए । कतिपयले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसहितका अन्य नामहरू पनि लिइरहेका छन् ।