काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृ^त्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार मृतकमध्ये तीन प्रहरी, एक भारतीय महिला र अन्य विभिन्न जिल्लाका नागरिक रहेका छन् ।
प्रहरीका अनुसार पहिलो दिनको प्रदर्शनमै २१ जनाको ज्यान गएको थियो । तीमध्ये नौ जना कैदी थिए भने पाँच जना बाल सुधार गृहका बालबालिका थिए । त्यसबाहेक तीन प्रहरी र अरू केही व्यक्तिहरू जलेको अवस्थामा मृत भेटिएको प्रहरीले जानकारी दिएको छ ।