काठमाडौँ | तिब्बती धार्मिक गुरु दलाई लामाले नेपालकी अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई नियुक्तिको अवसरमा बधाई दिएका छन् ।
शनिबार लामाको कार्यालयमार्फत् सार्वजनिक सन्देशमा भनिएको छ, “तपाईंलाई थाहै छ, नेपाली र तिब्बती जनता ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्धमा बाँधिएका छन् ।”
दलाई लामाले थपे, “म सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती भाग्नुपरेपछि तिब्बती शरणार्थीहरूको पुनर्वासका लागि नेपाल सरकारले र नेपाली जनताले उपलब्ध गराइदिएको सुविधाका लागि निकै आभारी छु । वास्तवमै, तिब्बती समुदाय तुलनात्मक रूपमा सानो भए तापनि, नेपालको आर्थिक वृद्धिमा उल्लेखनीय योगदान दिइरहेको विश्वास गर्छु ।”
भारतीय समाचार संस्था एएनआईका अनुसार, लामाले प्रधानमन्त्री कार्कीको कार्यकाल सफल रहने विश्वास व्यक्त गरेका छन् ।
उहाँले आफ्नो सन्देशमा भनेका छन्, “यी चुनौतीपूर्ण समयहरूमा नेपाली जनताको आशा र आकांक्षाहरू पूरा गर्ने क्रममा तपाईं सफल हुनुहोस् भन्ने कामना गर्दछु। मेरा प्रार्थना र शुभेच्छा तपाईंसँगै छन् ।”