काठमाडौँ । भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा अहिलेसम्म ७२ जनाको मृत्यु भएको छ ।
नेपाल सरकारका मुख्य सचिव एकनारायण अर्यालका अनुसार मृतकमध्ये ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना प्रहरी रहेका छन् ।
यस्तै विभिन्न अस्पतालमा १९१ जनाको उपचार भइरहेको पनि उनले जानकारी दिए ।
सरकारले मृतकलाई सहिद घोषणा गर्ने र मृतकका परिवारलाई १०–१० लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गरेलगत्तै मन्त्रिपरिषद्को पहिलो निर्णयका रूपमा उक्त निर्णय लिएको मुख्य सचिव अर्यालले बताएका हुन् ।