काठमाडौँ । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले टुक्रे आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेका छन् । पदभार ग्रहण गदै अर्थमन्त्री खनालले पूर्व तयारी नभएका र टुक्रे आयोजना कार्यान्वयन नगर्ने पहिलो निर्णय गरेका हुन् ।
पदभार ग्रहण गर्दै उनले भने, ‘अबको प्राथमिकता युवाका माग पूरा गर्नुछ, निर्वाचन गर्नुछ, त्यसकारण खर्च कटौती गर्न यो निर्णय गरिएको हो ।’