काठमाडौं । नवनियुक्त मन्त्री ओमप्रकाश अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
सोमबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ ग्रहण गरेका अर्याललाई गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।
यसअघि शपथ लिएका अन्य मन्त्रीहरूमध्ये कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ भने रामेश्वर खनाललाई अर्थ मन्त्रालयको जिम्मा दिइएको छ ।