रूपन्देही | रूपन्देहीको क्षेत्र नम्बर ३ मा हुने तय गरिएको उपनिर्वाचन रद्द भएको छ। निर्वाचन आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएको हो ।
आयोगले आगामी १७ कात्तिकमा उपनिर्वाचन गर्ने तयारी गरिरहेको थियो । तर, राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरी २१ फागुनमा नयाँ प्रतिनिधिसभाको निर्वाचन मिति घोषणा गरेपछि उपनिर्वाचन सम्बन्धी बाँकी कार्यक्रमहरू रद्द गरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोगको सोमबारको बैठकले उपनिर्वाचनका सबै कार्यक्रम रद्द गर्ने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।