काठमाडौं | सरकारले हालै भएका आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमाथि भएको आगजनी र लुटपाट घटनाबारे छानबिन गर्न उच्चस्तरीय न्यायिक समिति गठन गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्व न्यायाधीशको संयोजकत्वमा न्यायिक समिति गठन गर्ने सैद्धान्तिक सहमति जनाएको गृह तथा कानुन मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिनुभयो ।
मन्त्री अर्यालका अनुसार अहिले सैद्धान्तिक निर्णय मात्र भएको हो । उनले भने, “आज सैद्धान्तिक निर्णय भयो। कसको नेतृत्वमा को–को सदस्य रहने भन्ने विषयमा अर्को बैठकले निर्णय गर्नेछ। पूर्व न्यायाधीशको संयोजकत्वमा समिति गठन हुन्छ ।”