काठमाडौं | सरकारले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने निर्णय गरेको छ ।
गृह तथा कानुन मन्त्री ओम प्रकाश अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले स्मारक पार्क बनाउन सैद्धान्तिक सहमति जनाएको हो। उनले भने, “स्थान अहिल्यै सुनिश्चित भएको छैन। उहाँहरूको सम्झनामा जेनजी जागरण स्मारक पार्क बनाउने निर्णय भएको हो ।”