देशभर सामान्यतया मौसममा बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू–भागका केही स्थान र बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको छ । महाशाखाले कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज राति पनि देशभर सामान्य बदली रहनेछ । यस अवधिमा कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको छ ।
हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको र अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा देखिएको महाशाखाले जनाएको छ ।