मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो खस्दा यातायात अहिले एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका–६, तुइन खोला पुल नजिक शुक्रबारदेखि निरन्तर पहिरो खसिरहेको छ ।
सडक डिभिजन भरतपुरका अधिकारीले जानकारी दिए अनुसार, “तुइन खोला नजिक झरेको पहिरो हटाइसकेपछि अहिले सडक एकतर्फी सञ्चालनमा आएको छ । दुईतर्फी आवागमन खोल्न प्रयास भइरहेको छ, तर ढुंगा झर्ने क्रम अझै जारी छ ।”
यात्रु र सवारीसाधन प्रयोगकर्ताहरूलाई सुरक्षाको लागि सचेत रहन निर्देशन दिइएको छ ।