लगातारको वर्षासँगै पहिरो खसेपछि मुग्लिन–नारायणगढ सडक खण्ड पुनः अवरुद्ध भएको छ । तुइन खोला पुल नजिकै निरन्तर खसेको पहिरोका कारण आज दिउँसो १ बजेदेखि सडक दुईतर्फी बन्द भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।
सडक माथिबाट ढुङ्गासहितको पहिरो झर्ने क्रम रोकिएको छैन । डिभिजन कार्यालयका अनुसार पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा भए पनि सुरक्षाको कारण तत्काल काम सुरु गर्न सकिएको छैन ।
सडक अबरुद्ध हुँदा यात्रुहरू बीचमै अलपत्र परेका छन्। सकेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न गाडी चालक र यात्रुलाई आग्रह गरिएको सडक डिभिजन कार्यालयले जनाएको छ ।