अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले नेपालको वर्तमान संघीय संरचनामा कुनै पनि परिवर्तन नगर्ने स्पष्टता दिएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मन्त्री खनालले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रदेश संरचना खारेज गर्ने कुनै सोच नरहेको बताएका छन् ।
उनले भने, “हालको सरकार संविधान बमोजिम सञ्चालन भइरहेको छ। त्यसैले प्रदेश खारेजीको कुनै सम्भावना छैन ।”
मन्त्री खनालले अन्य दुई महत्त्वपूर्ण विषयमा पनि आफ्नो धारणा प्रस्तुत गरेका छन् । उनले एक हजार र पाँच सय रुपैयाँका नोटमा प्रतिबन्ध लगाउने विषयमा अहिले कुनै पनि छलफल नभएको जानकारी दिए। साथै, भारत सरकारले लगाएको एकीकृत कर ‘गुड्स एण्ड सर्भिसेस ट्याक्स’ (जीएसटी) घटाएको विषयमा सरकारले अध्ययन गरिरहेको र यदि यसले नेपालको उद्योग व्यवसायमा नकारात्मक असर पुर्याए सुधारका कदम चालिने बताइएको छ ।
मन्त्री खनालको स्पष्टिकरणले संघीय संरचना र मौद्रिक नीति दुवैमा स्थिरता कायम रहने संकेत दिएको छ ।