काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नाममा फेसबुक र एक्स (ट्वीटर) मा आइडी बनाएर समाचार तथा पोस्टहरू गरिएका आइडी नक्कली पाइएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गर्दै यस्ता फेक आइडीका पोस्टको भ्रममा नपर्न सबैलाई अनुरोध गरेको छ ।
सूचनामा भनिएको छ कि यस्ता गैरकानूनी कार्य गरेमा प्रचलित कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिइएको छ ।
