नेपालले पहिलोपटक टेस्ट राष्ट्र वेस्ट इन्डिजविरुद्ध टी–२० अन्तरराष्ट्रिय क्रिकेट खेल्दैछ। युनिटी कप अन्तरगतको पहिलो खेल आज (शनिबार) राति ८ः१५ बजे संयुक्त अरब इमिरेट्स (युएई) को शारजाह क्रिकेट रंगशालामा सुरु हुनेछ ।
नेपालले दुईपटकको विश्वकप विजेता वेस्ट इन्डिजसँगको यस खेललाई ऐतिहासिक अवसरका रूपमा लिएको छ । सिरिजअन्तर्गत दोस्रो खेल असोज १३ गते र तेस्रो खेल असोज १४ गते हुनेछ ।
यस सिरिजपश्चात नेपाली टोली आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोट खेल्न ओमान प्रस्थान गर्ने तालिका रहेको छ । कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजविरुद्धको सिरिज जित्ने लक्ष्य रहेको जनाएका छन् ।
नेपाली टोली
रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललित नारायण राजवंशी, गुलशन झा, सोमपाल कामी, साहब आलम ।
वेस्ट इन्डिज टोली
अकिल होसेन (कप्तान), फेबियन एलन, ज्वेल एन्ड्रयु, अकिम अगेस्ट, नविन बिदाइस, जेडियाह ब्लेड्स, केसी कार्टी, करिमा गोरे, जेसन होल्डर, आमिर जाङ्गु, काइल मेयर्स, ओबेड म्याककोय, जिशान मोटारा, रामोन सिमोन्ड्स, शमार स्प्रिङ्गर ।