काठमाडौँ । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजनीतिक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका छन् । आयोग स्रोतका अनुसार असोज ७ गतेनै पार्टीको नाम ‘श्रम संस्कृति पार्टी’ रहनेगरी उनले दल दर्ताका लागि निवेदन दिएका हुन् ।
आयोगमा दिएको निवेदनमा दलको अध्यक्षमा साम्पाङ स्यमं रहेको छन् । उनको निवेदनमाथि आयोगले जाँचबुझ गरिरहेको जनाइएको छ ।