शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #सीआईबी
  • #सम्पत्ति शुद्धीकरण
  • #वित्तीय अपराध
  • #जिल्ला अदालत पर्सा
  • #कारागार चलान
  • #उपेन्द्रकुमार साह
  • #धरौटीमा रिहा
  • #संगठित अपराध
  • #हुण्डी कारोबार
यहाँ खोज्नुहोस्
your add here your add here
राजनीति
  • गृहपृष्ठ
  • राजनीति
  • मधेसमा चुनावी सरगर्मी बढ्दै, सामाजिक सञ्जालबाट जनमत बुझ्दै आकांक्षी
मधेसमा चुनावी सरगर्मी बढ्दै, सामाजिक सञ्जालबाट जनमत बुझ्दै आकांक्षी
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, कात्तिक ८, २०८३
A1 Beakery Add A1 Beakery Add

स्थानीय तहका जनप्रतिनिधिहरूको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिँदै गर्दा मधेस प्रदेशमा चुनावी चहलपहल बढ्न थालेको छ । सरकारले निर्वाचनको औपचारिक मिति घोषणा गरिनसके पनि सम्भावित उम्मेदवारहरूले सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीको आकांक्षा सार्वजनिक गर्ने, जनमत बुझ्ने र प्रचारप्रसार गर्ने क्रम बढाएका छन् ।

निर्वाचन आयोगले आगामी फागुनमै निर्वाचन गराउन आफू तयार रहेको संकेत गरेपछि स्थानीय तहमा विभिन्न पदका आकांक्षीहरू सक्रिय हुन थालेका हुन् । चियाचर्चा, सार्वजनिक भेला तथा चाडपर्वका कार्यक्रमसँगै सामाजिक सञ्जाल पनि चुनावी माहोल निर्माण गर्ने प्रमुख माध्यम बन्दै गएको छ ।

विशेषगरी युवा पुस्ताका आकांक्षीहरूले फेसबुकलगायत सामाजिक सञ्जालमार्फत उम्मेदवारीको चाहना व्यक्त गर्दै मतदाताको प्रतिक्रिया बुझ्ने प्रयास गरिरहेका छन् । कतिपयले आफ्नै व्यक्तिगत प्रोफाइलबाट प्रचार गरिरहेका छन् भने कतिपयले धेरै फलोअर्स भएका पेज तथा समूहको सहयोग लिइरहेका छन् ।

जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिवेशमा सामाजिक सञ्जाल राजनीतिक विचार व्यक्त गर्ने, उम्मेदवारबारे धारणा बनाउने र जनमत बुझ्ने माध्यमका रूपमा थप चर्चामा आएको छ। आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै सम्भावित उम्मेदवारहरूले पनि यसको प्रयोग बढाउन थालेका छन् ।

Add Sarwotam HospitalAdd Sarwotam Hospital

युवाको उम्मेदवारीमा चासो

जनकपुरधाम उपमहानगरपालिका–२३ का २२ वर्षीय तनविर रेजा राइनले वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिने आकांक्षा सार्वजनिक गर्दै सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरिरहेका छन् ।

‘समाजलाई नयाँ सोच र समस्याको समाधान गर्न सक्ने युवा जनप्रतिनिधिको आवश्यकता छ। मेरो उम्मेदवारी युवा नेतृत्व र युवाको भविष्यका लागि हो,’ राइनले भने, ‘हाम्रो वडामा शिक्षा, स्वास्थ्य र रोजगारीका समस्या छन्। तिनको समाधानका लागि म निर्वाचनमा भाग लिन चाहन्छु। मेरो उम्मेदवारी स्वतन्त्र हुनेछ ।’

त्यस्तै, रौतहटको दुर्गा भगवती गाउँपालिका–२, भलोहियाका वीरेन्द्र पाण्डेले पनि सामाजिक सञ्जालमार्फत वडाध्यक्ष पदमा उम्मेदवारीको आकांक्षा व्यक्त गरेका छन्। उनले वडामा भ्रष्टाचार र अनियमितता अन्त्य गर्दै विकास तथा उन्नतिका लागि आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।

धनुषाको मिथिला नगरपालिकामा नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका सम्भावित उम्मेदवारका रूपमा राजलाल महतोको प्रचारप्रसार पनि सामाजिक सञ्जालमा हुन थालेको छ । २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर तथा जिल्ला समितिबाट प्रमुख पदका लागि सिफारिस भएका महतोले अन्तिम समयमा पार्टीको टिकट पाएका थिएनन्। उनी हाल नेपाली कांग्रेस धनुषा जिल्ला कार्यसमितिका कोषाध्यक्ष छन् ।

उनको उम्मेदवारीबारे सामाजिक सञ्जालमा ‘तपाईं उहाँको विषयमा के सोच्नुहुन्छ ? उहाँ योग्य उम्मेदवार हुनुहुन्छ कि हुनुहुन्न ?’ भन्दै जनमत माग्ने गरिएको छ ।

इच्छाविपरीत उम्मेदवार बनाइने समस्या

सामाजिक सञ्जालमा कतिपय व्यक्तिलाई उनीहरूको सहमतिबिनै सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गर्ने प्रवृत्ति पनि देखिएको छ । जनकपुरकी सञ्चारकर्मी तथा मधेस प्रदेश मिडिया काउन्सिलकी सदस्य रिंकु गायत्री मिश्रलाई जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख पदको सम्भावित उम्मेदवारका रूपमा प्रस्तुत गरिएपछि उनले असन्तुष्टि व्यक्त गरेकी थिइन् ।

मिश्रका अनुसार सामाजिक सञ्जालमा केही व्यक्ति तथा समूहले उनलाई नसोधी उम्मेदवारका रूपमा प्रचार गर्न थालेपछि उनको व्यावसायिक काममा समेत समस्या उत्पन्न भएको थियो ।

‘म सामाजिक मुद्दाहरू उठाइरहन्छु, तर त्यसको अर्थ राजनीतिमा उम्मेदवार बन्ने भन्ने होइन। केही शुभचिन्तकले मलाई नसोधी अनावश्यक प्रचारप्रसार गरेपछि व्यावसायिक काममा समस्या भयो,’ उनले भनिन् ।

आफू उम्मेदवार बन्ने आकांक्षी नरहेको विषय सामाजिक सञ्जालबाटै स्पष्ट पार्नुपरेको उनले बताइन् ।

सामाजिक सञ्जालबाट जनमत बुझ्न सहज

जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुख पदका आकांक्षी तथा नेपाली कांग्रेसका नगर अध्यक्ष राकेश विक्रम शाह सामाजिक सञ्जाललाई जनमत बुझ्ने सहज माध्यमका रूपमा लिन्छन् ।

‘पहिले गाउँगाउँमा कार्यकर्ता खटाएर जनमत बुझ्ने गरिन्थ्यो। त्यो प्रक्रिया झन्झटिलो थियो। अहिले सामाजिक सञ्जालले जनमत बुझ्न सहज माध्यम दिएको छ,’ शाहले भने।

उनका अनुसार सामाजिक रूपमा राम्रो काम गरेका र जनताको नजरमा स्वच्छ छवि बनाएका व्यक्तिहरूको प्रचारप्रसार जनताले आफैँ पनि गर्ने गरेका छन्। सामाजिक सञ्जालमा सम्भावित उम्मेदवारको नाम राखेर उनीहरूमध्ये को उपयुक्त हुन्छ भनेर प्रतिक्रिया माग्ने अभ्यास पनि बढेको उनले बताए ।

चाडपर्वलाई चुनावी प्रचारको अवसर

मधेसमा सामाजिक तथा राजनीतिक गतिविधिका लागि चाडपर्वलाई महत्वपूर्ण अवसरका रूपमा लिने गरिएको छ। दसैँ, तिहार र छठलाई लक्षित गर्दै सम्भावित उम्मेदवार तथा राजनीतिक दलहरूले शुभकामना आदानप्रदान, सार्वजनिक सम्मान र सामुदायिक कार्यक्रम आयोजना गर्न थालेका छन् ।

जनमत पार्टीले पनि दसैँ, तिहार र छठको अवसर पारेर पालिकास्तरीय शुभकामना कार्यक्रम आयोजना गर्न आफ्ना केन्द्रीय कार्यकारी समितिका सदस्यहरूलाई निर्देशन दिएको छ ।

दुर्गापूजा समिति, छठपूजा समिति तथा युवाक्लबका गतिविधिमा सहभागी भएर आफ्नो उपस्थिति देखाउने प्रयासमा पनि आकांक्षीहरू लागेका छन्। यस्ता कार्यक्रमले स्थानीय समुदायसँग सम्बन्ध विस्तार गर्ने र राजनीतिक रूपमा परिचित हुने अवसर प्रदान गर्ने उनीहरूको बुझाइ छ ।

दलभित्र उम्मेदवार छनोटको चुनौती

आगामी स्थानीय तह निर्वाचनमा राजनीतिक दलहरूका लागि उम्मेदवार छनोट पनि चुनौतीपूर्ण बन्ने देखिएको छ। दलभित्रका गुट तथा उपगुटका कारण आधिकारिक उम्मेदवार चयन गर्ने विषयमा आन्तरिक छलफल र प्रतिस्पर्धा बढ्न थालेको नेताहरू बताउँछन् ।

नयाँ राजनीतिक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीप्रति पनि युवा तथा पुरानो पुस्ताका आकांक्षीहरूको आकर्षण देखिन थालेको छ । पार्टीले गाउँदेखि सहरसम्म संगठन विस्तार गरिरहँदा उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूबीच प्रतिस्पर्धा बढ्ने सम्भावना छ ।

यद्यपि, सामाजिक सञ्जालमा देखिने लोकप्रियता र वास्तविक मतदाताको समर्थन एउटै नहुन सक्ने भएकाले उम्मेदवारको जनाधार मूल्याङ्कन गर्दा अनलाइन प्रतिक्रियालाई मात्रै आधार बनाउनु पर्याप्त हुँदैन।

निर्वाचन आयोग तयारीमा

निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक स्रोत व्यवस्थापन र तयारीमा ध्यान केन्द्रित गरेको जनाएको छ । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आयोग निर्वाचनका लागि तयार रहेको र स्थानीय तहलाई लामो समय रिक्त राख्न नहुने धारणा व्यक्त गरेका छन्।

निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन, मतदान केन्द्र पुनरावलोकन, निर्वाचन अधिकृत नियुक्ति, निर्वाचन सामग्री खरिद तथा व्यवस्थापन, मतपत्र छपाइ, कर्मचारी परिचालन र सुरक्षा व्यवस्थापनलगायतका काम गर्नुपर्ने हुन्छ।

नेपालमा हाल ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी ७५३ स्थानीय तह छन्। यी स्थानीय तहअन्तर्गत ६ हजार ७४३ वडा रहेका छन् ।

२०७९ सालको स्थानीय तह निर्वाचनका लागि सरकारले निर्वाचन आयोग, गृह मन्त्रालय र रक्षा मन्त्रालयलगायतका निकायका लागि कुल १३ अर्ब ३१ करोड ५४ लाख रुपैयाँ निकासा गरेको थियो। उक्त रकममध्ये ९०.८० प्रतिशत खर्च भएको विवरण छ ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को परिच्छेद २ मा गाउँसभा वा नगरसभाका सदस्यको निर्वाचन सम्बन्धित सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि सम्पन्न गर्नुपर्ने व्यवस्था छ। त्यस्तै, नेपालको संविधानको धारा २२५ ले गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको मितिले पाँच वर्ष हुने तथा कार्यकाल समाप्त भएको छ महिनाभित्र अर्को निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ।

विगतको निर्वाचनमा मधेसको सहभागिता

नेपालको संविधानअनुसार ७५३ स्थानीय तहको संरचना बनेपछि पहिलो स्थानीय तह निर्वाचन २०७४ सालमा तीन चरणमा सम्पन्न भएको थियो। मधेस प्रदेशका १३६ स्थानीय तहमा असोज २ गते निर्वाचन भएको थियो ।

दोस्रो स्थानीय तह निर्वाचन भने २०७९ वैशाख ३० गते देशभर एकै चरणमा सम्पन्न भएको थियो। निर्वाचन आयोगका उपलब्ध तथ्याङ्कअनुसार पहिलो निर्वाचनमा देशभर करिब ७५ प्रतिशत मतदान भएको थियो भने दोस्रो निर्वाचनमा मतदान प्रतिशत करिब ७१ रहेको थियो। मधेस प्रदेशमा २०७४ सालको निर्वाचनमा ७५.४९ प्रतिशत मतदान भएको विवरण छ ।

आगामी निर्वाचन नजिकिँदै गर्दा मधेसमा सामाजिक सञ्जालमार्फत उम्मेदवारीको आकांक्षा सार्वजनिक गर्ने र जनमत खोज्ने क्रम बढेको छ। तर, अनलाइनमा प्राप्त प्रतिक्रिया वास्तविक मतमा कति रूपान्तरण हुन्छ र दलहरूले कसलाई आधिकारिक उम्मेदवार बनाउँछन् भन्ने विषय भने निर्वाचनको मिति घोषणा, दलहरूको निर्णय तथा मतदाताको प्रतिक्रियापछि मात्रै स्पष्ट हुनेछ ।


प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  ११:५८
#मधेस प्रदेश #स्थानीय तह #सामाजिक सञ्जाल #राजनीतिक दल #जनकपुरधाम #जनमत #स्थानीय निर्वाचन #चुनावी सरगर्मी #सम्भावित उम्मेदवार
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप राजनीति
नेकपाद्वारा राष्ट्रिय जागरण अभियान सुरु, जनताका समस्या र गुनासा सङ्कलन गरिने
नेकपाद्वारा राष्ट्रिय जागरण अभियान सुरु, जनताका समस्या र गुनासा सङ्कलन गरिने शनिबार, कात्तिक ७, २०८३
विधिसम्मत प्रक्रियाबाट मात्रै रास्वपाको टिकट वितरण हुन्छ : सभापति हरि पन्त
विधिसम्मत प्रक्रियाबाट मात्रै रास्वपाको टिकट वितरण हुन्छ : सभापति हरि पन्त शनिबार, कात्तिक ७, २०८३
‘क्यान्डिडेट क्लब’ अनैतिक राजनीतिको सुरुवात हो : प्रभु साह
‘क्यान्डिडेट क्लब’ अनैतिक राजनीतिको सुरुवात हो : प्रभु साह शनिबार, कात्तिक ७, २०८३
भारत भ्रमणबारे रविको स्पष्टीकरण– भाकल पूरा गर्न गएको हुँ, राजनीति नजोड्नुहोला
भारत भ्रमणबारे रविको स्पष्टीकरण– भाकल पूरा गर्न गएको हुँ, राजनीति नजोड्नुहोला शुक्रबार, कात्तिक ६, २०८३
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान
रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान शुक्रबार, कात्तिक ६, २०८३
चीन भ्रमणका लागि आज प्रस्थान गर्दै पूर्वराष्ट्रपति भण्डारी
चीन भ्रमणका लागि आज प्रस्थान गर्दै पूर्वराष्ट्रपति भण्डारी बिहीबार, कात्तिक ५, २०८३
Multani Cream Add Multani Cream Add
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन
वीरगंज–११ मा सामान्य वर्षामै जलमग्न सडक, वडा अध्यक्षकै घर जाने बाटोमा पानीको निकास छैन वीरगंज सिटी
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट)
सुपौली प्रशासनको सेवा अस्तव्यस्त, एक महिनापछि प्रमुख पठाउन लागिएको जिप्रकाकाे दाबी | Supauli Parsa | (भिडियो रिपोर्ट) वीरगंज सिटी
Titan Birgunj Titan Birgunj
समाज
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता
चाडपर्वको रौनकसँगै किसानलाई धान भित्र्याउने चिन्ता वीरगंज सिटी
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै
बडादशैँमा पनि रोकिएन विदेशिने नेपालीको लर्को, रोजगारी र भविष्यको खोजीमा युवा विदेशिँदै वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगञ्ज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगञ्ज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंजको कैलाश होटलमा होहल्ला र कुटपिट गरेको आरोपमा दीपक तिवारी प्रहरी नियन्त्रणमा
वीरगंजको कैलाश होटलमा होहल्ला र कुटपिट गरेको आरोपमा दीपक तिवारी प्रहरी नियन्त्रणमा वीरगंज सिटी
जनमत पार्टी पर्सद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेताहरू सम्मानित
जनमत पार्टी पर्सद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेताहरू सम्मानित वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट)
तराई–मधेशको पहिचान बनेको कुश्ती खेल उपेक्षाकाे कारण लोपोन्मुख अवस्थमा, खेल जाेगाउन आग्रह (भिडियाे रिपाेर्ट) जितेन्द्र साह
हामीलाई भन्नुछ
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ?
दुर्गा पूजा किन मनाइन्छ ? यसको धार्मिक तथा सांस्कृतिक महत्त्व के छ ? वीरगंज सिटी
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ?
दसैँ नजिकिँदै गर्दा बोका–खसीको कारोबार कस्तो छ ?व्यापारी र उपभोक्ताले मूल्यवृद्धिलाई कसरी लिएका छन् ? वीरगंज सिटी
उद्यमी मञ्च
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8
अघोषित पत्रकारिता नै महासंघका लागि चुनौती, युट्युबरको भीडमा हराउँदैछ वास्तविक पत्रकारिता : रुपेश सिंह (अध्यक्ष) कलर्स टीभी, एफएम र सनसनी खबर Episode-8 वीरगंज सिटी
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7
आइतबारको बिदा विद्यार्थीको भविष्यका लागि कत्तिको न्यायोचित?: आशमा सिंह यादव | Episode-7 वीरगंज सिटी
वीरगंज विशेष
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी
अख्तियारबाट निलम्बित मेयर राजेशमान सिंहको मुद्दामा विशेष अदालतमा पेशी वीरगंज सिटी
खेलकुद
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध
काठमान्डु गोर्खाजमा अमेरिकी विकेटकिपर ब्याटर स्मित पटेल अनुबन्ध वीरगंज सिटी
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो
एनपीएलको उद्घाटन खेलको टिकट आधा घण्टामै सकियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका
सलमान खानको प्रशंसाकै कारण टाइगर श्राफ बिश्नोई गिरोहको निशानामा परेको प्रहरीको आशंका वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP