वीरगंजमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पर्साको आयोजनामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। वीरगंजस्थित डायमण्ड पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पार्टीका नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रमको सभापतित्व राप्रपा पर्साका राजीव पराजुलीले गरेका थिए। कार्यक्रममा पार्टीका नेता डा। प्रकाशचन्द्र लोहनी, कमल थापा तथा विक्रम पाण्डेलगायतका नेताहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा पार्टीको संगठन सुदृढीकरण, राजनीतिक गतिविधि तथा आगामी कार्यदिशाका विषयमा छलफल गरिएको जनाइएको छ। साथै, पार्टीको भावी रणनीति, संगठन विस्तार र कार्यकर्ताबीच समन्वयलाई प्रभावकारी बनाउने विषयमा नेताहरूले आ–आफ्नो धारणा राखेका थिए।
भेटघाट तथा अन्तरक्रियाका क्रममा सहभागी नेता तथा कार्यकर्ताबीच समसामयिक राजनीतिक विषयमा विचार आदानप्रदान गरिएको थियो।