शीर्ष नेभिगेसन
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
मुख्य नेभिगेसन
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • गृहपृष्ठ
  • हाम्रो बारेमा
    • हाम्रो बारेमा
    • पृष्ठभूमि
    • विज्ञापन
    • हाम्रो टिम
  • सम्पर्क
वीरगंज सिटी
  • गृहपृष्ठ
  • समाचार
    • स्थानीय
    • मुख्य खबर
    • प्रदेश
    • स्वास्थ्य
    • राष्ट्रिय
    • समाज
    • अर्थ बाणिज्य
    • सूचना प्रविधि
    • शिक्षा
    • खेलकुद
  • हामीलाई भन्नुछ
  • विशेष
    • विशेष खोज
    • वीरगंज विशेष
    • नागरिकता किर्ते
    • नेता गिरी
  • भिडियो रिपोर्ट
  • उद्यमी मञ्च
  • जनगुनासो
  • ग्यालरी
    • फोटो स्टोरी
    • भिडियो
  • विविध
    • राजनीति
    • अन्तरवार्ता
    • लेख/विचार
    • मनोरञ्जन
    • सम्पादकीय
    • धर्म संस्कृति
    • चुनाव विशेष
    • साहित्य
    • अन्तराष्ट्रिय
    • रोचक
    • विश्व
  • ट्रेन्डिङ
  • #कारागार चलान
  • #सम्पत्ति शुद्धीकरण
  • #पर्सा प्रहरी
  • #सीआईबी
  • #हुण्डी कारोबार
  • #धरौटीमा रिहा
  • #जिल्ला अदालत पर्सा
  • #संगठित अपराध
  • #वित्तीय अपराध
यहाँ खोज्नुहोस्
प्रदेश
  • गृहपृष्ठ
  • प्रदेश
  • मधेशमा अविरल वर्षा : जनजीवन प्रभावित, जनकपुरधाम जलमग्न
मधेशमा अविरल वर्षा : जनजीवन प्रभावित, जनकपुरधाम जलमग्न
वीरगंज सिटी
वीरगंज सिटी आइतबार, असोज १९, २०८२
A1 Beakery Add A1 Beakery Add

जनकपुरधाम | मधेश प्रदेशका प्रायः सबै जिल्लामा शुक्रबार रातिदेखि नै मेघगर्जनसहितको अविरल वर्षा जारी रहँदा जनजीवन प्रभावित बनेको छ । दसैँको समयमा लगातार परेको मुसलधारे वर्षाका कारण मानिसहरू बाहिर निस्कन नसक्ने अवस्थामा पुगेका छन् । अत्यावश्यक काम परेकाहरू समेत घरमै थुनिन बाध्य भएका छन् ।

मान्यजनकहाँ दसैँको टीका–जमरा ग्रहण गर्न जानुपर्ने समयमा निरन्तर झरी परिरहँदा अधिकांश नागरिक घरभित्रै बसेका छन् ।

जनकपुरधाम जलमग्न, सरकारी कार्यालयमा पनि पानी

मधेश प्रदेशको राजधानी जनकपुरधाम निरन्तरको वर्षाले जलमग्न बनेको छ । जनकपुरधाम उपमहानगरपालिकाका धेरै बस्ती, बजार र सरकारी कार्यालय परिसर पानीले डुबानमा परेका छन् ।

नगर प्रमुख मनोज साहका अनुसार हरेक वर्ष दोहोरिने समस्या यस वर्ष झन् गम्भीर बनेको छ । उहाँले भन्नुभयो, “पानीको उचित निकास नहुँदा मुख्य सडकदेखि आवासीय क्षेत्रसम्म डुबान भएको छ, जनताले घरभित्रै पानी जमेको गुनासो गरेका छन् ।”

Add Sarwotam HospitalAdd Sarwotam Hospital

नगरपालिकाले नगर प्रहरीसहितका संयन्त्र परिचालन गरेर पानी निकासका प्रयास जारी राखेको जनाएको छ। रामानन्दचोक, जानकी मन्दिर क्षेत्र, राजदेवी मन्दिर रोड, सब्जी बजार र अस्पताल क्षेत्रलगायत स्थानमा पानीको स्तर लगातार बढिरहेको प्रमुख साहले बताउनुभयो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, आन्तरिक राजस्व कार्यालय, हुलाक कार्यालय र राष्ट्रिय समाचार समिति (रासस) को कार्यालय परिसर समेत पानीले भरिएका छन् ।

मुख्यमन्त्रीको निर्देशन : “उद्धार र राहतमा ढिलाइ नगर्नु”

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशका विभिन्न नदीमा जलस्तर बढ्दै गएको जनाउँदै प्रहरी र सशस्त्र बललाई पूर्ण तयारी अवस्थामा रहन निर्देशन दिनुभएको छ। उहाँले मधेश प्रदेश प्रहरी प्रमुखसँग सम्पर्क गरी जोखिम क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सार्न आदेश दिनुभएको हो ।

मुख्यमन्त्री सिंहले भन्नुभयो, “बाढी र डुबानले जनजीवन जोखिममा परेको छ। प्रशासन, सुरक्षा निकाय र स्थानीय तह सबैले समन्वय गरेर तत्काल उद्धार र राहतका उपाय अपनाउनुपर्छ ।”

प्रदेश सरकारका अनुसार बागमती नदीमा अहिले करिब पाँच हजार ५०० क्युसेक पानीको बहाव भइरहेको छ, जुन खतराको तहभन्दा ५०० क्युसेक बढी हो । बागमती बैराजका सबै ढोका खोलिएका छन् ।

उहाँले थप भन्नुभयो, “कुलेखानी जलविद्युत् केन्द्रको बाँधका ढोका खोलिँदै गइरहेकाले बागमतीमा थप पानी आउन सक्छ, त्यसैले रौतहट र सर्लाहीका तटीय क्षेत्र उच्च सतर्क रहन आवश्यक छ ।”

प्रहरी प्रशासन सतर्क, क्षति अहिलेसम्म न्यून

मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक उमाप्रसाद चतुर्वेदीका अनुसार अहिलेसम्म कुनै जिल्लामा ठूलो मानवीय क्षति भएको छैन । “प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका टोली सतर्क छन्, जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराइरहेका छौँ,” उहाँले बताउनुभयो ।

प्रहरीका अनुसार तटबन्ध मर्मत र तत्काल उद्धार कार्यका तयारी भइरहेको छ । स्थानीय प्रशासनले किसानहरूलाई मौसमअनुसार सतर्क रहन अपिल गरेको छ ।

धनुषामा नदी सतह बढ्दै, आवागमन अवरुद्ध

जिल्ला प्रशासन कार्यालय धनुषाले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। कमला र रातुखोलाको सतह बढ्दै गएकाले तटीय क्षेत्र कुनै पनि बेला प्रभावित हुन सक्ने चेतावनी दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिकाले पनि नागरिकलाई अनावश्यक आवागमन नगर्न, विद्युतीय उपकरण सुरक्षित स्थानमा राख्न र विद्यालयका गतिविधि अस्थायी रूपमा स्थगित गर्न अनुरोध गरेको छ ।

सवारीसाधन ठप्प, यात्री बीच बाटोमै अड्किए

जनकपुरधामबाट संघीय राजधानी काठमाडौँ जाने सवारीसाधन ठप्प भएपछि धेरै यात्रु बाटोमै फर्किएका छन् । दसैँ मनाएर शनिबार बिहान काठमाडौँ फर्कने तयारी गरेका धनुषा क्षीरेश्वरनाथ नगरपालिका–५ का नवीनराज दाहालले भारी वर्षाका कारण गाडी नै नचल्दा फर्किन बाध्य भएको बताए ।

तराईका अधिकांश क्षेत्रबाट काठमाडौँ जाने गाडी ठप्प भएका छन् भने लामो दूरीका अन्य सवारीसाधन पनि न्यून मात्रामा चलिरहेका छन् ।

बिजुली अवरुद्ध, पशुपालन र बजार प्रभावित

क्षीरेश्वरनाथ नगरपालिका–९ का वडाध्यक्ष मोदकुमार महतोका अनुसार हरेक खोलामा ठूलो बाढी आएकाले पैदल हिँड्ने अवस्था पनि छैन। भारी वर्षाले बिजुली आपूर्ति अनियमित भएको छ ।

अधिकांश ठाउँमा मोबाइल नेटवर्क अवरुद्ध हुँदा टेलिफोन सम्पर्कमा समस्या देखिएको छ। लगातार वर्षाका कारण पशुपालक किसानलाई चौपायाको आहारा जुटाउन समस्या परेको छ ।

जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, सबैला, गोदारलगायत स्थानका हाटबजारमा शनिबार दिनभर पसल तथा व्यवसाय खुल्न सकेका छैनन् ।

उद्धारका लागि तयारी

प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यका अनुसार बाढी तथा डुबानका घटनामा तत्काल उद्धारका लागि प्रशासन तयार अवस्थामा छ । “लगातार ३० घण्टा देखि वर्षा भइरहेको छ । केही ग्रामीण क्षेत्रमा बाढी देखिए पनि मानवीय क्षति भएको छैन,” उहाँले बताउनुभयो ।

कमला, जलाद, औरही, दूधमती र हर्दिनाथलगायतका खोलामा शनिबार अपरान्हबाट बाढी बढ्दै गएको छ। प्रशासनले नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति: आइतबार, असोज १९, २०८२  १५:५१
#मधेश प्रदेश #धनुषा #अविरल वर्षा #जनकपुरधाम #मुख्यमन्त्री सतिशकुमार सिंह #बागमती नदी #जनजीवन प्रभावित #बाढी डुबान #सतर्कता निर्देशन
वीरगंज सिटीमा प्रकाशित सामग्रीबारे कुनै पनि प्रतिक्रिया, सल्लाह–सुझाव वा कुनै सामग्री प्रकाशित गराउनुपरेमा [email protected] वा [email protected] मा पठाउन सक्नुहुनेछ।
Leo Gas Bara Leo Gas Bara
Be Natural Icecream Be Natural Icecream
Follow Us
Follow Us Birgunj City
थप प्रदेश
सप्तरीमा दुई दिने आदिवासी जनजाति साहित्य महोत्सवको तयारी पूरा
सप्तरीमा दुई दिने आदिवासी जनजाति साहित्य महोत्सवको तयारी पूरा शनिबार, कात्तिक १४, २०८३
बारामा ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते
बारामा ट्यांकर, हाइस र मोटरसाइकल एकआपसमा ठोक्किँदा १० जना घाइते शुक्रबार, कात्तिक १३, २०८३
चाडपर्वसँगै रोकियो महेन्द्र राजमार्ग विस्तारको काम
चाडपर्वसँगै रोकियो महेन्द्र राजमार्ग विस्तारको काम शुक्रबार, कात्तिक १३, २०८३
रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते
रौतहटमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा प्रहरी जवानको मृत्यु, श्रीमती गम्भीर घाइते शुक्रबार, कात्तिक १३, २०८३
मधेसमा नयाँ सरकार गठनका लागि तीन दलबीच छलफल
मधेसमा नयाँ सरकार गठनका लागि तीन दलबीच छलफल शुक्रबार, कात्तिक १३, २०८३
सरकारी खर्चमा निगरानी बढाउँदै मधेस सरकार, अब हरेक चार महिनामा लेखापरीक्षण
सरकारी खर्चमा निगरानी बढाउँदै मधेस सरकार, अब हरेक चार महिनामा लेखापरीक्षण शुक्रबार, कात्तिक १३, २०८३
Manakamana Health clinic Manakamana Health clinic
भिडियो रिपोर्ट
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित)
वीरगंज–२२ मा छत्र बाबा मन्दिरको जग्गा २० वर्षदेखि अलपत्र, व्यवस्थापनमा बेवास्ता (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित)
कैलाश होटल कुटपिट प्रकरण : अंकित जालानमाथि आक्रमण र मोबाइल फुटाइएको भिडियोमा कैद (भिडियो रिपोर्ट सहित) वीरगंज सिटी
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित
वीरगंज–२५ सिर्सियाको मुख्य सडक १० वर्षदेखि अलपत्र, स्थानीय आक्रोशित संजय यादव
Titan Birgunj Titan Birgunj
समाज
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ
अदालत परिसरबाट हतकडीसहित फरार थुनुवा पक्राउ वीरगंज सिटी
लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीले चलायो ८ राउण्ड गोली
लागुऔषध कारोबारी नियन्त्रणमा लिन मोरङ प्रहरीले चलायो ८ राउण्ड गोली वीरगंज सिटी
Sunaulo Sajha Dhuwani Sewa Sunaulo Sajha Dhuwani Sewa
MN Press MN Press
स्थानीय
पोखरिया नगरपालिकाको ११औँ नगरसभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित (तस्बिरहरू)
पोखरिया नगरपालिकाको ११औँ नगरसभाबाट आगामी आर्थिक वर्षको बजेट सर्वसम्मत पारित (तस्बिरहरू) वीरगंज सिटी
कानु समाज नेपालको नव निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण, अतिथि सदन निर्माण गर्ने प्रतिबद्धता
कानु समाज नेपालको नव निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण, अतिथि सदन निर्माण गर्ने प्रतिबद्धता वीरगंज सिटी
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न
पोखरिया नगरपालिकामा ९ वर्षमा १९ प्रमुख प्रशासकीय अधिकृत फेरिए, प्रशासनिक स्थायित्वमाथि प्रश्न वीरगंज सिटी
Dav Rb Kedia Ad Dav Rb Kedia Ad
विशेष खोज
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा
पर्साका स्थानीय तहमा इन्धनको ब्रम्हलुट : न लगबुक, न मापदण्डस जनताको करबाट करोडौँको तेल ‘पानीसरह’ स्वाहा आरोहन साह
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
हामीलाई भन्नुछ
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता
जनप्रतिनिधि नियमित कार्यालयमा नहुँदा सेवाग्राहीलाई सास्ती, सिफारिस र प्रशासनिक कामका लागि भौंतारिनुपर्ने बाध्यता वीरगंज सिटी
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ?
सडकमा भएका खाल्डाखुल्डी र हिलाम्मे अवस्थाका कारण दैनिक आवागमनमा कस्ता समस्या भोग्नुपरेको छ ? वीरगंज सिटी
उद्यमी मञ्च
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8
कृषिप्रधान देश भए पनि कृषकका समस्या बुझ्दैन सरकार : शेखर चौधरी, कृषि उद्यमी | Episode-8 वीरगंज सिटी
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7
नयाँ सरकारको कर नीतिमा के परिवर्तन? उद्यमीलाई कर विशेषज्ञ हृदयनारायण महतोको सुझाव | Episode-7 वीरगंज सिटी
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट )
बजारमा तरलता अभावको प्रभाव : रियल इस्टेट क्षेत्र पनि अछुतो रहेन : प्रेम जातिया / घरजग्गा व्यवसाय ( रियल–इस्टेट ) वीरगंज सिटी
वीरगंज विशेष
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा
६ करोड रुपैयाँ र जग्गा गुमाएको वीरगंज–२२ का सीताराम कुर्मीको परिवारको आरोप, न्यायका लागि अदालतमा मुद्दा वीरगंज सिटी
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल
वीरगंज–३१ र ३२ को चिडियाखाना बनेन पर्यटकीय गन्तव्य, सडक र पूर्वाधार अझै बेहाल संजय यादव
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान
वीरगंज विश्वविद्यालयका लागि उठेको रकममाथि अनुसन्धान वीरगंज सिटी
खेलकुद
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित
एनपीएलमा जनकपुरको विजयी सुरुवात, काठमाडौं ८ विकेटले पराजित वीरगंज सिटी
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो
जनकपुरका बलर चम्किँदा काठमान्डु ११५ रनमै समेटियो वीरगंज सिटी
जनगुनासो
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका
पैसाको बलमा होइन, विचार र योजनाका आधारमा राजनीतिमा आएकी छु : अदीती शाह (मेयर, प्रत्याशी) बहुदरमाई नगरपालिका वीरगंज सिटी
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो |
समाजसेवा र शिक्षणसँगै महिलालाई आत्मनिर्भर बनाउँदै कौशल्या सत्यालको ब्युटिसियन यात्रा | जन गुनासो | वीरगंज सिटी
मनोरञ्जन
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ
टाइगर श्राफको गाडीमा गोली प्रहार : तीन राज्यबाट १० जना सन्दिग्ध पक्राउ वीरगंज सिटी
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा
खल्तीमा ३०० रुपैयाँ, आँखामा हिरो बन्ने सपना : यशको संघर्षपूर्ण यात्रा वीरगंज सिटी
सम्पर्क गर्नुहोस्

वीरगंज मिडिया एजेन्सी

वीरगंज - १२ पर्सा, नेपाल
सम्पर्क : 9811107387
इमेलः [email protected],
[email protected]

विज्ञापनका लागि

एम.डी. मल्लीक
सम्पर्क: +977 - 9855084786
इमेलः [email protected]
हाम्रो टिम
जियालाल साह प्रकाशक / सम्पादक
अजय पजियार भिडियाे सम्पादक
सतेन्द्र यादव संवाददाता
निराजन साह संवाददाता
संदिप यादव संवाददाता, बारा
Like us on Facebook
वीरगंज सिटी
© 2026 Birgunj City News. All Rights Reserved. Site by: SoftNEP