जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका पश्चिमी भू–भागमा पश्चिमी वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी प्रदेशको पश्चिमी भू–भागका धेरै स्थानहरू र गण्डकी प्रदेशको पश्चिमी भू–भागका केही ठाउँहरूमा पश्चिमी वायु सक्रिय रहेको हो। बाँकी भू–भागमा भने मनसुनी वायुको प्रभाव रहे पनि यसको प्रभाव अहिले कमजोर रहेको विभागले जनाएको छ ।
मंगलबार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अन्य पहाडी भू–भागमा साधारणतया बदली रहनेछ भने तराई भू–भागमा आंशिक बदली रहनेछ । महाशाखाले उक्त प्रदेशका पहाडी तथा तराई क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको उल्लेख गरेको छ ।
यस्तै, मंगलबार राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका अन्य पहाडी भागमा साधारणतया बदली रहने र तराईका अधिकांश क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ । राति पनि लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा मेघगर्जनसहित वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ ।
महाशाखाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।
भिडियाे सामाग्री