नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई केन्द्रीय कार्यसमिति तत्काल विघटन गर्न र कसैलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोक्न आग्रह गरेका छन् ।
शनिबार पार्टी मुख्यालय सानेपामा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले आगामी मङ्सिरमा पार्टीको नियमित महाधिवेशन गर्नुपर्ने भएकाले देउवाले कार्यवाहक सभापति तोकेर महाधिवेशनको मिति तय गर्ने वातावरण बनाउनुपर्नेमा जोड दिए ।
नेता कोइरालाले भने,
“विशेष महाधिवेशन होइन, नियमित महाधिवेशन गर्नुपर्छ। मैले शेरबहादुरजीलाई भने— यो मेरो व्यक्तिगत विचार हो । मैले उहाँलाई के भने भने तपाईं विघटन गर्नुस्। एक जनालाई कार्यवाहक सभापति दिनुस्। उनले गठन गर्छन् । र उनले नै मिति तय गर्छन् । मलाई लाग्दछ– मङ्सिरसम्ममा मिति तय होला भन्ने मेरो भावना हो ।”
उनले अब बन्ने कार्यवाहक सभापतिले नै पार्टीको आगामी महाधिवेशनको मिति तय गर्ने पनि स्पष्ट पारेका छन् ।