आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा आज नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)सँग प्रतिस्पर्धा गर्दैछ ।
शुक्रबार समूह ‘बी’ को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान बनाएको थियो। यसअघि पहिलो खेलमा नेपालले कुवेतलाई ५८ रनको फराकिलो अन्तरले हराएको थियो ।
सुपर सिक्स चरणमा नेपाल र यूएईबीचको यो महत्वपूर्ण भिडन्त आज दिउँसो ४ः१५ बजे सुरु हुने तालिका रहेको छ । यस चरणमा नेपालले यूएईसँगै कतार, ओमान र सामाओसँग पनि प्रतिस्पर्धा गर्नेछ ।
टी–२० विश्वकपको ग्लोबल छनोटमा प्रवेश गर्नका लागि यो चरण नेपालका लागि निकै निर्णायक मानिएको छ । क्रिकेट प्रेमीहरू यस खेलमा नेपालको उत्कृष्ट प्रदर्शनको अपेक्षा गरिरहेका छन् ।