नेपाली बजारमा आज आइतबार सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि सुन प्रतितोला रु २ लाख ३८ हजार मा नै कारोबार भइरहेको छ ।
शनिबार पनि यही दरमा कारोबार भएको थियो । यसअघि शुक्रबार प्रतितोला रु २ लाख ३५ हजार मा कारोबार भइरहेको सुनको मूल्य शनिबार रु ३ हजारले बढ्दै २ लाख ३८ हजारमा पुगेको थियो। आज भने मूल्यमा कुनै परिवर्तन भएको छैन ।
महासंघले जनाएअनुसार आज चाँदीको मूल्य पनि स्थिर छ । शनिबार प्रतितोला रु ३ हजार १ सय २५ कायम भएको चाँदी आज आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गत साता उतार–चढाव देखिए पनि नेपाली बजारमा भने पछिल्ला दुई दिनदेखि मूल्य स्थिर रहेको व्यवसायीहरूले बताएका छन् । अमेरिकी डलरको विनिमय दर, तेल मूल्य र विश्व बजारको मौद्रिक नीतिले सुन–चाँदीको मूल्यमा प्रत्यक्ष असर पार्ने हुँदा आगामी दिनमा पनि मूल्यमा उतार–चढाव हुन सक्ने अनुमान गरिएको छ ।
व्यवसायीहरूका अनुसार अहिले विवाह तथा चाडपर्वको सिजन नजिकिँदै गएको कारण बजारमा सुन–चाँदी किनमेलमा सामान्य वृद्धि देखिएको छ ।